तपाईँ सुन्दै हुनुहुन्छः

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि बुद्धको मूर्ति भैरहवामा आइपुग्यो

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि म्यानमारबाट बहुमूल्य बुद्धको मूर्ति भैरहवामा आइपुगेको छ ।

बुद्धको शान्तिको सन्देश विश्वभर फैलाउने उद्देश्यले म्यानमारबाट भैरहवा भन्सार हुँदै बुद्धको मूर्ति भैरहवामा आइपुगेको हो । बुद्धको मूर्तिलाई भैरहवामा निमार्णाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने छ ।

बुद्धको मूर्तिलाई सिद्धार्थनगरमा नगर परिक्रमा गराई, लुम्बिनीसम्म शान्ति र्‍याली सहित विमानस्थलमा राखी यही १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनावरण गर्ने कार्यक्रम रहेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वय अधिकृत तथा लुम्बिनी गार्डेन फाउण्डेशनका प्रतिनिधि तुल्सीराम लामिछानेले बहुमूल्य जेटस्टोनको धातु बुद्धकोमुर्ती लुम्बिनी सांस्कृतिक नगरपालिका मार्फत भैरहवामा आइपुगेको बताउनुभयो ।

उहाँले यही १४ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट अन्तर्राष्ट्रिय विमानस्थलमा अनावरण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button