तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पीडित जनताका लागि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर । दोधारा चाँदनीका बाढी पीडित जनताका लागि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

आरोग्य मेडिकेयर दोधारा चाँदनी, युवा मिथुन थापा, समाजसेवी भीम कुमालको सहयोग र सहकार्यमा आज दोधारा चाँदनी नगरपालिका वडा नं. १० मा बाढीबाट प्रभावित भएका बिरामीहरूलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको युवा मिथुन थापाले जनाएका छन् ।

आइतबार आएको महाकाली र जगबुडा नदीमा आएको बाढीको कारण दोधारा चाँदनी–१० का अधिकांश बस्तीका घरहरूमा पानी पसेर क्षतविक्षत बनाएको थियो ।

उनीहरूमा विभिन्न खाले रोगले बिरामी हुन थालेपछि आरोग्य मेडिकेयर दोधारा चाँदनी, युवा मिथुन थापा, समाजसेवी भीम कुमालको सहयोग र प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीका पूर्व डाक्टर गगन चौधरीको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य सेवा दिइएको बताइएको छ ।

बाढी पीडित तथा डुबान क्षेत्रका जनतालाई निःशुल्क औषधी तथा चेक जाँच गरिएको डाक्टर गगन चौधरीले बताएका छन् । यसरी ब्यक्तीगतरुपमा सञ्चालन गरेको स्वास्थ्य शिविरलाई स्थानीय बाढी पीडितहरूले प्रशंसा गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button