तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल इण्डोनेसियासँग पराजित

काठमाडौं । एएफसी यू- २३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित भएको छ ।

ताजकिस्तानमा भएको मैत्रीपूर्ण खेलमा नेपालको यू- २३ टोली इण्डोनेसियाको यू- २३ टोलीसँग २-० गोल अन्तरले पराजित भएको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा दोस्रो हाफमा इन्डोनेसियाले २ गोल गरेको थियो ।

इन्डोनेसियाविरुद्ध नेपाली टोलीको कप्तानी अर्पण कार्कीले गरेका थिए ।

नेपालले एएफसी एसियन कप छनोटमा समूह ‘बी’मा रहेका बलिया टोली इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button