कर्णाली प्रदेश सरकारले बाढी पहिरोबाट मृत्यु भएकालाई दुई लाख दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले बाढी पहिरोबाट मृत्यु भएकालाई दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
प्रदेश सरकारको आज बसेको विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी, पहिरो लगायतका बिपद्मा परेर मृत्यु भएका परिवारका सदस्यलाई दुर्घटना बीमाबापत दुई लाख रुपैयाँ दिने घोषणा गरेको हो ।
पछिल्लो पटक बेमौसमी वर्षातसँगै आएको बाढी पहिरोबाट कर्णालीमा आठ जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका थिए ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले सामूहिक विपद् दुर्घटना बीमा अन्तर्गत राहत रकम उपलब्ध गराउने निर्णय भएको हो ।
प्रदेशका प्रमुख सचिव राजकुमार श्रेष्ठले बैठकमा कृषकलाई अन्नबालीको क्षतिपूर्ति व्यवस्था गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले बेमौसमी वर्षातबाट अन्नबालीमा भएको क्षतिको यकिन विवरण सङ्कलन गरी कृषकलाई क्षतिपूर्तिको व्यवस्थापन गर्ने निर्णय भएको बताउनुभयो ।
उहाँका अनुसार विपद्मा परेर घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।








प्रतिक्रिया राख्नुहोस्