तपाईँ सुन्दै हुनुहुन्छः

उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति

काठमाडौँ। प्रधानसेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति हुनुभएका बाबुराम श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उपरथी श्रेष्ठलाई चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यही कात्तिक १ गतेको मन्त्रिपरिषद्ले उहाँलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । जङ्गी अड्डाले उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button