तपाईँ सुन्दै हुनुहुन्छः

सरकार राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन प्रतिबद्ध छ : प्रधानमन्त्री

सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाले क्षति पुर्‍याएका नागरिकलाई सरकार आवश्यक राहत उपलब्ध गराउन कुनै कसुर बाँकी नराख्ने बताउनु भएको छ । 

बाढी पहिरोले क्षति पुर्‍याएको सुदूरपश्चिमका जिल्लाहरूको निरीक्षण गर्न सुर्खेतबाट सुदूरपश्चिम जानुपूर्व प्रधानमन्त्री देउवाले आज सुर्खेत विमानस्थलमा कर्णाली प्रदेश सरकार एवं सुरक्षा निकायसँग प्रदेशको अवस्था बुझ्दै बाढी पहिरोबाट प्रभावित नागरिकलाई सरकारले राहत उपलब्ध गराउने निर्णय गरिसकेकाले थप राहत उपलब्ध गराउन लागिएको जानकारी दिनु भयो । 

उहाँले जलवायु परिवर्तनका कारण यति ठूलो महाविपत्तिले क्षति पुर्‍याएकाले क्षतिग्रस्त ठाउँहरूको निरीक्षण गरेर थप राहत र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्ति गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button