तपाईँ सुन्दै हुनुहुन्छः

कृषकलाई राहत दिन किसान महासङ्घको माग

सुर्खेत । अखिल नेपाल किसान महासङ्घ सुर्खेतले अविरल वर्षापछि देशैभर भएको धनजनको अपूरणीय क्षति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

महासङ्घ सुर्खेतले प्रेस विज्ञप्ति जारी गर्दै सुर्खेत आसपासका क्षेत्रमा पाकेको धानखेती भित्र्याउने बेला असोज ३१ गते रातिदेखि परेको अविरल वर्षाका कारण बाली नष्ट भएकाले सम्बन्धित सबै सरोकारवालाको ध्यानाकर्षण गराएको हो । 

महासङ्घ सुर्खेतका अध्यक्ष मनोहर आचार्यले अविरल वर्षातका कारण आम कृषकको प्रमुख आयस्रोतको रुपमा रहेको धान बाली नष्ट भएकाले सङ्घ, प्रदेश, स्थानीय सरकारसँगै सरकारी तथा गैरसरकारी संघसंस्थाहरुलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न अनुरोध गर्नु भयो । 

उहाँले अविरल वर्षातले किसान वर्गमा पुर्‍याएको क्षतिको विवरण सङ्कलन गरी राज्य कोषबाट उचित क्षतिपूर्तिको व्यवस्था गरिनु पर्नेमा जोड दिनु भयो । ‘सरकारी निकायले किसान वर्गमा हुन गएको क्षतिलाई समायोजन हुने गरी कार्यक्रम परिमार्जन गरेर राज्यको उपस्थिति जनाउन सक्नु पर्छ,’ उहाँले भन्नुभयो, ‘दैविक प्रकोपबाट हुन गएको क्षतिप्रति सबै पक्षसँग सहयोग तथा समन्वयको हामी सम्पूर्ण निकायसँग हार्दिक अपिल गर्दछौँ ।’ 

प्रतिक्रिया राख्नुहोस्

Back to top button