तपाईँ सुन्दै हुनुहुन्छः

बाढी, पहिरो, डुबान प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि प्रधानमन्त्री डोटीमा

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी, पहिरो, डुबान प्रभावित क्षेत्रको स्थलगत अवलोकन (निरीक्षण) का लागि डोटी पुग्नुभएको छ । 

प्रधानमन्त्री देउवा यतिबेला डोटीको दिपायल क्षेत्रमा रहनुभएको पूर्व मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले बताउनुभयो । 

प्रधानमन्त्री देउवा यसपछि पहिरो प्रभावित बझाङको थलारा क्षेत्रको निरीक्षणका लागि जानुहुने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले आजै डडेलधुरा, बैतडीको ढुङ्गा क्षेत्र, कञ्चनपुरको महाकाली क्षेत्र, कैलालीको दक्षिण पूर्वी क्षेत्रको अवलोकन निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ । 

त्यस क्रममा प्रधानमन्त्री देउवाले बाढी, पहिरोले पुर्‍याएको जनधनको क्षति, उद्धार तथा राहत कार्य, बाडीपीडित परिवारको अवस्था लगायतका विषयमा जानकारी लिनुहुने छ । 

प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, पूर्व मन्त्री एनपी साउद, रमेश लेखक, विरबहादुर बलायरलगायत रहनुभएको छ । 

प्रधानमन्त्री देउवा आज धनगढीमा बास बस्नुहुने र भोलि (शुक्रबार) राजधानी फर्किने कार्यक्रम रहेको नेपाली काँग्रेस कैलालीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button