तपाईँ सुन्दै हुनुहुन्छः

डेंगुबाट वडा सदस्यको निधन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–१ का वडा सदस्य हुमबहादुर सिंजालीको निधन भएको छ । डेंगुका कारण उपचारका क्रममा ५७ वर्षीय सिंजालीको गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलमा निधन भएको हो । 

स्वास्थ्यमा समस्या देखिएपछि मिसन अस्पताल तानसेनमा उपचाररत सिंजालीलाई मङ्गलवार अस्पतालले डेंगु रोग लागेको जानकारी दिएपछि थप उपचारका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पताल लगिएको थियो । 

उपचारका क्रममा मङ्गलवार साँझ निधन भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । सिंजालीको आज कालीगण्डकीस्थित करौदी खोला घाटमा दाहसंस्कार गरिएको छ । 

सिंजाली गत स्थानीय तहको चुनावमा नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button