तपाईँ सुन्दै हुनुहुन्छः

संसद्को गतिरोध खुलाउने प्रयास जारी: सभामुख

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्लाई जीवन्त र ओझपूर्ण बनाउन आफूले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।

कुविण्डे दुग्ध सहकारी संस्था लिमिटेडको २९ औँ साधारण सभामा सभामुख सापकोटाले सङ्घीय संसद्को ओज र प्रतिष्ठाका बढाउनका लागि आफू लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले अवरुद्ध प्रतिनिधिसभा खुलाउनका लागि औपचारिक एवम् अनौपचारिक प्रयास भइरहेको जानकारी गराउनुभयो । 

समन्वय, समझदारी र सहकार्यको विकल्प नभएको बताउँदै उहाँले वादविवाद, संवाद हुँदै जुनसुकै समस्या पनि अन्तिममा गएर टेबुल, संवादबाट अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button