तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा चार दिनदेखि अवरुद्ध नेपाल टेलिकमको नेटवर्क सञ्चालनमा

बझाङ । बझाङमा चार दिनदेखि अवरुद्ध नेपाल टेलिकमको नेटवर्क सञ्चालनमा आएको छ । 

लगातारको वर्षासँगै अवरुद्ध भएको नेपाल टेलिकमको नेटवर्कले आजदेखि काम गर्न थालेको छ  । 

 वर्षाका कारण चार दिनदेखि नेपाल टेलिकमको नेटवर्क अवरुद्ध भएपछि जिल्लाका सञ्चारमाध्यमहरू पूर्ण रुपमा सम्पर्कविहीन भएका थिए । लगातारको वर्षाका कारण टेलिफोन सेवा अवरुद्ध हुँदा गाउँमा के–कति ठाउँमा क्षति भएको छ भन्नेबारे यकिन तथ्याङ्क लिन समेत गाह्रो भएको थियो । 

नेपाल टेलिकमले नेटवर्क सुधार गरेसँगै बाढी, पहिरो गएको ठाउँको यकिन तथ्याङ्क लिन सजिलो हुने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button