कैलालीमा माछा मार्न गएका बेला बेपत्ता भएका तीन जना सकुशल भेटिए

धनगढी । कैलालीमा माछा मार्न गएका बेला सम्पर्कविहीन (बेपत्ता) भएका तीन जना सकुशल भेटिएका छन् ।
कैलालीको जानकी गाउँपालिका–९ र बर्दियाको बीचमा पर्ने कर्णाली नदीको लालमटिया टापुमा आज तीनै जनालाई सकुशल फेला पारी उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीहरूको खोजी कार्यमा प्रहरी टोलीसँगै स्थानीय समेत जुटेका थिए । तीनै जनाको अवस्था सामान्य रहेको छ ।
कार्तिक १ गते कर्णाली नदीमा माछा गर्न गएका बेला लम्कीचुहा नगरपालिका– ३ का खडक बहादुर घर्तीमगर, विक्रम घर्तीमगर र खडक डालामगर सम्पर्कविहीन (बेपत्ता) भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्