सबै जिल्लाहरूलाई २५ लाख उपलब्ध गराउने प्रदेश सरकारको निर्णय
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभरका नौ वटै जिल्लाहरूमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय धनगढीमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले तत्कालका लागी सबै जिल्लामा विपद् व्यवस्थापन, राहत तथा उद्धारका लागि जिल्ला व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता पूर्णा जोशीले बताउनुभयो ।

यसैगरी बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय गरेको छ ।
बाढी, पहिरो र डुबानबाट सुदूरपश्चिम प्रदेशमा ठुलो जनधनको क्षति भएको विवरण सार्वजनिक भएपछि आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकमा राहत र उद्धार कार्यलाई प्रभावकारी बनाएर लैजाने लगायतका विषयमा समेत छलफल भएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्