तपाईँ सुन्दै हुनुहुन्छः

चाँदीको गहनासहित एक युवक पक्राउ

बारा । सशस्त्र प्रहरी, बाराले अवैध चाँदीको गहनासहित एक युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत जिल्ला पूर्वी चम्पारण विहार ग्राम पञ्चायत बरेवा थाना ढाका बस्ने बर्ष २७ का अमित कुमार रहेका छन् । 

प्रहरीले उनलाई कलैया उपमहानगरपालिका वडा नं.१० नहर चोक इलाकाबाट करिब ८ किलो तयारी चाँदीको गहना सहित पक्राउ गरेको हो । 

सशस्त्र प्रहरी सहायक निरीक्षक कन्हैया प्रसाद यादवको कमान्डमा खटिएको टोलीले चेक जाँचको क्रममा चाँदीको गहनासहित अमितलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितले जानकारी दिनुभयो । 

बरामद चाँदीको गहनासहित कुमारलाई आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल, नेपाल नं.१२ गणको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button