मोहम्मद जयन्तीको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम धर्मावलम्वीहरुको धर्म प्रवर्तक पैगम्बर मोहम्मद सल्लल्लाहू अलैही वसल्लमको जन्म दिन अर्थात् मोहम्मद जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण मुस्लिम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा आज एक ट्वीट गर्नुहुँदै प्रधानमन्त्री देउवाले मोहम्मद जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभएको हो ।









प्रतिक्रिया राख्नुहोस्