सिन्धुपाल्चोकमा लगातार दुई वटा परकम्प

काठमाडौँ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रबिन्दु भएर आज दिउँसो लगातार दुई वटा परकम्प गएको छ ।
आज दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.६ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
यसअघि आइतबार बिहान गोरखाको मानबु आसपास केन्द्रबिन्दु भएर ४ं.३ रेक्टर स्केलको परकम्प गएको थियो ।








प्रतिक्रिया राख्नुहोस्