सरकारी संरचनाहरू अपाङ्गमैत्री नहुँदा समस्या
बैतडी । सरकारी कार्यालयका भवन संरचनाहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिहरूलाई समस्या भएको छ ।

बैतडी जिल्लाका कुनै पनि स्थानीय तहका भवन अपाङ्गमैत्री नभएको अपाङ्गता भएका नागरिकहरूको पुनर्स्थापना केन्द्र बैतडीका अध्यक्ष अम्बादत्त भट्टले बताउनुभयो । सेवा प्रदायक निकाय समक्ष पुग्न नसक्दा अपाङ्गता भएका व्यक्तिका समस्या सरोकारवाला निकाय सामु नपुगेको उहाँले बताउनुभयो । हरेक भौतिक संरचनाहरू अपाङ्गमैत्री बन्नुपर्नेमा उहाँको जोड रहेको छ ।
सरकारी संरचना अपाङ्गमैत्री नबनेको खण्डमा योजना पास नगर्ने नियम भए पनि बैतडीका कुनै सरकारी संरचना अपाङ्गमैत्री नबन्नु दुखको कुरा भएको दृष्टिबिहिन संघका सुदूरपश्चिम प्रदेश सदस्य चन्द्रदेव जोशीले बताउनुभयो ।
नेपालमा ३० लाख बढी अपाङ्गता भएका व्यक्ति रहे पनि उनीहरूका माग सुनिश्चित हुन नसकेको जोशीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्