तपाईँ सुन्दै हुनुहुन्छः

करुवा उत्पादनमा युवा आकर्षित

पाल्पा । पाल्पालीको पहिचान बोकेका करुवा उत्पादनमा युवा पुस्ता आकर्षित हुँदै गएका छन् ।     

करुवा बनाउने आवश्यक तालिम र उद्योग सञ्चालनमा सहयोग पाएपछि बिस्तारै लोप हुने अवस्थामा पुगेको पाल्पाली करुवाको उत्पादनमा पछिल्लो समय युवा पुस्ता आकर्षित हुन थालेका हुन् ।     

तानसेन नगरपालिकाले दातृ निकायको सहयोगमा युवालाई तालिम तथा बीउ पुँजी लगायतको सहयोग पाएपछि चार युवाले सामूहिक करुवा उद्योग समेत स्थापना गरेका छन् ।     

पाल्पाको पहिचान बोकेको करुवा लोप हुनबाट जोगाउन सीप, बीउ पुँजी लगायतको सहयोग गरी युवालाई आकर्षित गरिएको तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button