नेकपा एकीकृत समाजवादी, बझाङको इन्चार्जमा सिंह
बझाङ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले बझाङ जिल्लाको इन्चार्जमा दिल बहादुर सिंहलाई तोकेको छ ।

योसँगै सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा एकीकृत समाजवादीले जिल्ला इन्चार्जहरूको टुङ्गो लगाएको छ ।
बझाङमा दिलबहादुर सिंह, दार्चुलामा नरेन्द्र विष्ट, बैतडीमा परमानन्द भट्ट, डडेलधुरामा नरबहादुर विष्ट, कञ्चनपुरमा लालबहादुर खड्कालाई इन्चार्ज तोकिएको छ ।
कैलालीमा दीर्घ सोडारी, डोटीमा हर्कबहादुर सिंह, अछाममा शेरबहादुर कुँवर र बाजुरामा हिक्मत जङ्ग शाहीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्