तपाईँ सुन्दै हुनुहुन्छः

‘भावी सन्ततिका लागि भए पनि ‘बाटोमा बन’ कार्यक्रम ल्याइने’

बारा । वन तथा वातावरण मन्त्री राम सहाय प्रसाद यादवले भावी सन्ततिका लागि भए पनि बाटोमा वन कार्यक्रम ल्याइने बताउनुभएको छ ।

शिक्षक युनियनद्वारा आज बाराको कलैयामा आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले  देशको हरेक नगरका बाटोको दुबैतिर वृक्षारोपण गरेर बाटोमै वन बनाउने र त्यसको  संरक्षणको जिम्मेवारी स्थानीय जनतालाई दिनुपर्ने बताउनुभयो । 

मन्त्री यादवले हरियो वन नेपालको धन भनेर पढिने र सुनिने गरेकोमा अब ‘हाम्रो वन राम्रो वन’ भन्ने नारासहित आ—आफ्नो गाउँ नगर र सडकमा वन निर्माण गर्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button