बुलेरो गाडी दुर्घटना हुँदा १० जना गम्भीर घाइते
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाको ल्याङ्बामा बुलेरो गाडी दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा ८ जना भने सामान्य घाइते भएका छन् ।
गम्भीर घाइते १० जनामध्ये ८ जनालाई उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक राकेश यादवले जानकारी दिनुभयो ।
आज दिउँसो सदरमुकाम फुङलिङदेखि श्रीजंघा गाउँपालिकाको तेल्लोक जाँदै गरेको मे१ज २०५६ नम्बरको बुलेरो गाडी फुङलिङ नगरपालिकाको वडा नं ८ ल्याङ्बामा दुर्घटना भएको थियो ।
ब्रेक फेल भएर उक्त गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्