तपाईँ सुन्दै हुनुहुन्छः

उदयदेव र फाल्ङाशैनी भगवतीमा बलिसहित जात्रा

बैतडी  । बैतडीको पाटनस्थित उदयदेव मन्दिरमा भव्य जात्रा लागेको छ । 

राँगा बोकाको बलिसहित लाग्ने जात्रामा आज ३६ राँगाको बलि दिइएको छ । 

आज महानवमीका दिन कैलपाल मन्दिर र उदयदेव मन्दिरमा पूजाआजा गरिसकेपछि कालिकामा बलि दिने चलन रहेको छ । 

पाटनस्थित मैतोडामा आज भव्य रूपले डेउडा मेला समेत लाग्ने गर्दछ  । बैतडीसहित छिमेकी जिल्लाका डेउडिया कलाकारहरू पाटनमा डेउडा खेल्न आउने गरेका छन् । 

पाटनस्थित उदयदेव मन्दिरमा आज लाग्ने जात्रामा भारतबाट दर्शनार्थीहरु समेत उहाँ आउने गर्दछन् । पाटन मध्य पहाडी लोक मार्गको नमुना सहर भएकाले उदयदेव जात्रामा दर्शनार्थीहरुको घुइँचो लाग्ने गरेको छ । 

यसैगरी जिल्लाको सुर्नया गाउँपालिका वडा न–५ को फाल्ङाशैनी भगवती मन्दिरमा भव्य जात्रा लागेको छ । उक्त मन्दिरमा रातिको समयमा राँगा बोकाको बलि दिइने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button