राप्ती नगरपालिकामा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान

चितवन । राप्ती नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयले अशक्तहरूको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ ।
बैङ्कसम्म पुगेर भत्ता बुझ्न नसक्नेहरूलाई यो सुविधा उपलब्ध गराइएको वडाध्यक्ष शमशेर लामाले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७८÷०७९ को प्रथम चौमासिकको भत्ता अहिले वितरण भइरहेको छ । यो चौमासिकमा ७ जना अशक्त वृद्धवृद्धाहरुलाई उनीहरूकै घरमा पुगेर भत्ता प्रदान गरिएको वडाध्यक्ष लामाले बताउनुभयो ।
वडा कार्यालयले यो सुविधा प्रत्येक बर्ष दिँदै आएको छ । राप्ती ४ को सामाजिक सुरक्षा भत्ता नेपाल बैङ्क लिमिटेड भण्डारा शाखाबाट प्रदान गरिँदै आएको छ ।
सो वडामा यो चौमासिकमा सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको सङ्ख्या ४सय९५ जना रहेका छन् । सो वडा कार्यालयले विपन्नलाई निःशुल्क स्वास्थ्य बिमा, सुत्केरी भत्ता लगायतका वडावासी प्रत्यक्ष लाभान्वित हुने खालका कार्यक्रम गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्