तपाईँ सुन्दै हुनुहुन्छः

जीप र बसमा एक –आपसमा ठोक्किँदा पाँच जना घाइते

धनगढी । भिमदत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सेल्फीडाँडामा जीप र बसमा एक –आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् । 

आज बिहान अत्तरियाबाट बैतडी जाँदै गरेको से १ ज ९२० नं को जीप र विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ८४२८ नं को बस एक–आपसमा ठोक्किँदा जीपमा सवार पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा परी जीप चालक बैतडीका नरेश जोशी, वीरेन्द्र नाथ, महेशसिंह भाट, कैलालीका रामदत्त भट्टराई र कञ्चनपुरका दिपक जोशी घाइते भएका छन् । घाइते सबको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button