तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकको ७ किलोमा बस दुर्घटना, २० जना घाइते, एकको अवस्था गम्भीर

सिन्धुपाल्चोक  । काठमाडौँबाट दोलखाको चरिकोट रिजर्भ जाँदै गरेको बस लामो साँघु जिरी सडक खण्डको ७ किलोमा दुर्घटना भएको छ । 

आज दिउँसो भएको दुर्घटनामा बसमा सवार कम्तीमा २० जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ । 

काठमाडौँमा चल्ने कान्तिपुर यातायातको बा४ख १८०२ नम्बरको बस दुर्घटनामा परेको हो । बढी भारका कारण गाडीले उकालोमा तान्न नसकेर पछि धकेलिएपछि दुर्घटनामा परेको बताइएको छ । बस बाटोबाट १० मिटर तल खसेको छ । 

स्थानीय र प्रहरीले घाइतेको उद्धार गरेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । गम्भीर घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button