चाडपर्वका बेला दुर्घटनाको जोखिम

स्याङ्जा । आइतबार साँझ वालिङ १० मदिखोलामा जिप दुर्घटना हुँदा गल्याङका ३ जनाले ज्यान गुमाउनु पर्यो । दसैँ मनाउन बजार किनमेल गरेर घर पुग्न नपाउँदै उनीहरूको निधन भयो । यसरी चाडपर्वका बेला सवारी दुर्घटनाहरू बढिरहेका छन् । चाडपर्वका बेला किनमेल गर्ने यात्रु र दसैँ मनाउन आफ्नो जन्मथलो जाने यात्रुहरूको चापसँगै सवारी साधनहरूमा क्षमता भन्दा बढी यात्रु ओसारपसार गरेको देखिन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले यसअघि स्याङ्जामा दुर्घटना न्यूनीकरणका लागि जिपहरूको हुट निकाल्ने, क्षमता बढी यात्रु तथा सामान राख्नेलाई कारबाही गर्ने समेत गरेका छ । तर पनि अझै जिपको हुटमा बस्ने, पछाडि झुन्डिएर यात्रा गर्ने क्रम भने भने रोकिएको छैन । यसले नै दुर्घटना निम्त्याउने गरेको छ । चाडपर्वकै लागी घर जानेहरू चाडपर्वकै लागी किनमेल गरेर घर फर्केकाहरू यसरी दुर्घटना हुँदा घर पुग्नै नपाई ज्यान गुमाउनुपर्ने अवस्था देखिन्छ ।
क्षमता भन्दा बढी यात्रु भएमा संयम यात्रुले समेत संयमता अपनाउनुपर्ने देखिन्छ । ग्रामीण क्षेत्रमा मात्र नभई राजमार्गमा समेत दुर्घटना बढेका छन् । सामान्य समय भन्दा चार्डपर्वका बेला दुर्घटनाहरू बढी हुने गरेका तथ्याङ्क रहेको छ । क्षमता भन्दा बढी यात्रु राख्ने, सवारी तीव्र गतिमा हाँक्ने, मादक पदार्थका सेवन गरेर सवारी चलाउनु दुर्घटनाको कारण देखिन्छ ।
सडक खाल्डाखुल्डी, सडकको स्तरोन्नति नहुँनुका कारण पनि सडक दुर्घटना हुने गरेको सवारी चालकहरूको तर्क छ । वालिङ हुवास सडक खण्डका जिप चालक विजय भुर्तेलले सीमित सवारी सधान हुँदा चाडपर्वका बेला मानिसको चाप भएका कारण पनि यात्रुहरूको बाध्यताका कारण यात्रा गर्नुपर्ने अवस्था रहेको बताउनुहुन्छ ।
जिल्ला ट्राफिक कार्यालयका प्रमुख मीनबहादुर कुँवरले चाडपर्वका बेला सवारी चेकजाँचलाई बढाइएको दाबी गर्नुहुन्छ । राजमार्गबाट ग्रामीण सडकका भित्री सडकहरूमा समेत पुगेर सम्झाउने बुझाउने पटक पटक दोहोरिएमा कारबाही समेत गर्ने गरिएको बताउनुहुन्छ ।
गत वर्ष आर्थिक वर्ष २०७७/०७८ मा १६ वटा सवारी दुर्घटना हुँदा १६ जनाको निधन भएको थियो भने २१ जना गम्भीर र ५ जना सामान्य घाइते भएका थिए । यस्तै चालू वर्षको अहिलेसम्म ३ सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाइसकेका छन् भने १६ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्क छ । सामान्य समयमा भन्दा चाडपर्वका बेला सवारी साधनमा चाप देखिन्छ । सीमित सवारी साधन यात्रुको चाप बढी भएका कारण पनि भिडभाडका साथ यात्रा गर्नुपर्ने यात्रुहरूको बाध्यता रहेको यात्रुहरूको गुनासो छ ।








प्रतिक्रिया राख्नुहोस्