तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा सवारी दुर्घटनामा १५ जना घाइते

धनगढी  । कैलालीमा आज भएको सवारी दुर्घटनामा १५ जना घाइते भएका छन् । 

धनगढीबाट पूर्वतर्फ जाँदै गरेको से १ ज ११०५ नं. को यात्रुवाहक विङ्गर गाडीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत राजीपुर नजिक से ६ प ५०२ नं. को मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालकसहित १५ जना घाइते भएका छन्  । घाइते मध्ये मोटरसाइकल चालक धनगढीका लक्ष्मण चौधरीको अवस्था गम्भीर रहेको छ । 

घाइते सबैको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button