तपाईँ सुन्दै हुनुहुन्छः

दण्डपाणि नन्दकुमारी स्मृति पुरस्कार साहित्यकार शर्मालाई

काठमाडौँ । २०७८ सालको दण्डपाणि नन्दकुमारी स्मृति पुरस्कार साहित्यकार रमा शर्मालाई प्रदान गरिएको छ । 

दण्डपाणि अर्ज्याल स्मृति केन्द्रद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा पच्चीस हजार रुपियाँ राशिको पुरस्कार र दोसल्लासहित कदर पत्रले साहित्यकार शर्मालाई  संस्थाको तर्फबाट नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्मान गर्नुभयो ।

संस्थाका कार्यवाहक अध्यक्ष प्राज्ञ विष्णु प्रभातको अध्यक्षतामा सम्पन्न त्यस कार्यक्रममा दण्डपाणि नन्दकुमारी स्मृति पुरस्कारका दिवङ्गत अध्यक्ष सरोज कुमार देवकोटाको स्मृतिमा समर्पित ज्ञान बिन्दुको १३ औँ अङ्कको लोकार्पण  पनि गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button