मोतीपुरमा झडपमा मृत्यु भएका तीन जनाको सनाखत
रुपन्देही । बुटवलको मोतीपुरमा झडपमा परी मृत्यु भएर चारमध्ये तीन जनाको नाम खुलेको छ ।
सोमबार सनाखत भएकामध्ये रुपन्देहीको शुद्धोधन ५ का वीरेन्द्रप्रसाद कुर्मी र नवलपरासी बर्दघाट स्थायी घर भई हाल तिलोत्तमा शंकर नगर बस्ने यूजन कुमाल रहेको प्रहरीले जनाएको छ । एक जनाको भने अझै परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
आइतबार मृत्यु भएकामध्ये चार जनामध्ये कपिलवस्तु बाणगंगा १० का ४८ वर्षीय रमेश परियारको पहिचान आइतबार नै भएको थियो ।
आइतबार मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा परी घाइते ४ जना सुरक्षाकर्मीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४ जना जवानलाई उपचारका लागि काठमाडौँ लगिएको हो ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले झडपमा गम्भीर घाइते नेपाल प्रहरीका २ जना र सशस्त्रका प्रहरीका २ जना गरी ४ थप उपचारका लागि काठमाडौँ लगिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्