घान्द्रुक जाँदै गरेका जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पोखराबाट अन्नपूर्ण–११ घान्द्रुक जाँदै गरेको जिप कलाभीरमा दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
चालक सहित १० जना यात्रु सवार गाडी सडकबाट अन्दाजी ११० मिटर तल खस्दा आठ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी टोली अहिले घटनास्थल तर्फ जाँदै गरेको छ । बाँकी घाइतेलाई स्थानीय र प्रहरीको सहयोगमा अस्पताल तर्फ ल्याउँदै गरिएको प्रहरीले जनाएको छ ।
जिप रिजर्भ गरेर घुम्नका लागि प्रसिद्ध पर्यटकीय स्थल घान्द्रुक हिँडेका पर्यटकहरू दुर्घटनामा परेको प्रारम्भिक अनुमान छ ।








प्रतिक्रिया राख्नुहोस्