नक्कली टिकट विक्रेता पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगर सिटी बसपार्कबाट दुई जना नक्कली टिकट विक्रेतालाई पक्राउ गरेको छ ।
वीरेन्द्रनगर–६ का सन्जु सुनार र दैलेख आठबिस नगरपालिकाका प्रकाश शाहीलाई आज बिहान नक्कली टिकट काटिरहेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेको हो । देउती नागरिक यातायात प्रालिको कर्मचारी हुँ भन्दै सर्वसाधारणलाई ठगी गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट सुर्खेतदेखि कालिकोट मान्मसम्मका लागि १ हजार ८ सय ५० र सुर्खेतदेखि जुम्लासम्मका लागि २ हजार भाडा दरको नक्कली टिकट काटेको ठेली समेत बरामद गरेको छ । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्