गण्डकीमा मन्त्रीमण्डल विस्तार हुँदै

कास्की । गण्डकी प्रदेशमा मन्त्री मण्डल विस्तार हुने भएको छ । तनहुँका डोवाटे विश्वकर्मा विना विभागीय मन्त्री हुन लागेको विश्वकर्माले बताउनुभयो ।
उहाँले भन्नु भयो “प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा आउँदा मलाई आर्सीवाद दिनुहोस् भनेको थिए उहाँले मलै मुख्य मन्त्री कृष्णचन्द्र पोखरेल सँग कुरा गरेको छु भन्ने प्रतिक्रिया दिनु भएको थियो ” । गण्डकी प्रदेशमा हाल ११ मन्त्रालय रहेका छन् । डोवाटेलाई आज साँझ ५ बजे शपथग्रहण गराउने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
विक वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता मानिनुहुन्छ । विक अब मन्त्री बनेपछि गण्डकी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बन्ने छ । ६० सदस्यीय प्रदेश सभामा १२ मन्त्रालय बनाउन सकिने संवैधानिक व्यवस्था छ । ७ मन्त्रालय रहेको गण्डकीमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ११ पुर्याउने सुरुवात गर्नु भएको थियो ।गृह मन्त्रालय अहिले मुख्यमन्त्री आफैँले राख्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्