तपाईँ सुन्दै हुनुहुन्छः

लिबियाका विद्रोहीहरू विदेशी लडाकु र भाडाका सिपाही फिर्ता गर्ने सहमति नजिक

लिबियाका विद्रोहीहर विदेशी लडाकुहरू र भाडाका सिपाहीहरू फिर्ता लिने प्रारम्भिक सम्झौतामा पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ। यो हिंसाग्रस्त देशलाई एकीकृत गर्ने दिशामा यो सम्झौता एक महत्त्वपूर्ण कदम हुनेछ।

विदेशी सिपाहीहरू र भाडाका लडाकुहरूको विषय लामो समयदेखि विवादित रहँदै आएको छ। विशेषतः डिसेम्बरमा हुने लिबियाको ऐतिहासिक आमचुनाव भन्दा पहिले यो विषयलाई समाधान गर्नुपर्ने तीव्र दबाब छ ।

सन् २०११ मा नाटो समर्थित विद्रोहीले लामो समयदेखि शासनमा रहेका तानाशाह मोहम्मद गद्दाफीलाई सत्ताच्यूत गरेपछि लिबिया अराजकतामा फसेको छ। तेलले धनी देश वर्षौंदेखि प्रतिद्वन्द्वी र सरकार बीच विभाजित छ मूलतः एउटा त्रिपोलीको राजधानीमा र अर्को देशको पूर्वी भागका बीच। । ती दुई पक्ष विभिन्न विदेशी शक्तिहरू र मिलिसिया समूहहरूद्वारा समर्थित छन्।

संयुक्त राष्ट्रसंघको मध्यस्ततामा प्रतिद्वन्द्वीहरू बीच एक क्रमिक र सन्तुलित किसिमको वार्तामा शुक्रबार हस्ताक्षर भएको हो । तीन दिनको वार्तापछि उक्त सहमति भएको हो । दुवै पक्षबाट पाँच-पाँच सदस्यले सहमतिमा हस्ताक्षर गरेका छन् । यस सहमतिलाई भाडाका सिपाही र विदेशी लडाकु फिर्ताका लागि महत्त्वपूर्ण कदम हुने विश्वास लिइएको छ।

लिबियाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत जन कुबिसले यो कदमलाई “अर्को ब्रेकथ्रुग” को रूपमा स्वागत गरेका छन् ।एपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button