तपाईँ सुन्दै हुनुहुन्छः

जनताको काममा ढिलासुस्ती नगर्न श्रम मन्त्री श्रेष्ठको निर्देशन

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले जनताको काममा ढिलासुस्ती नगर्न तनहुँका कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ । 

जिल्ला समन्वय समितिमा आज आयोजित कार्यालय प्रमुखसँगको बैठकमा श्रेष्ठले सेवाग्राहीलाई सरल तरिकाले सेवा दिन कर्मचारीलाई निर्देशन दिनुभएको हो । 

कर्मचारी भनेको स्थायी सरकार भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले लोकतन्त्रका लागि सुशासन पहिलो प्राथमिकता हुने भएकाले ढिलासुस्ती नगर्न कार्यालय प्रमुखको ध्यानाकर्षण गराउनुभयो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लाको शान्ति सुरक्षा र समग्र वस्तुस्थितिका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभयो । 

सो क्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुखको सहभागिता थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button