तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार

रुपन्देही । लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ ।  पाँच दलीय गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका कुलप्रसाद केसीले आज मन्त्रिमण्डललाई पूर्णता दिनुभएको हो । 

नवनियुक्त मन्त्रीहरूलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाउनुभएको थियो । आइतबार सात मन्त्री र ३ राज्यमन्त्रीसहित १० जनाले शपथ लिनुभएको छ ।

काँग्रेसबाट पाल्पाका वीरबहादुर राना ऊर्जा, जलश्रोत तथा सिँचाई, बाँकेका सुरेन्द्रबहादुर हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री र रुपन्देहीका बसिउद्दिन खाँ शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री हुनुभएको छ । 

काँग्रेसबाट राज्यमन्त्रीमा दाङका अर्जुनकुमार श्रेष्ठ र कपिलवस्तुकी रिना नेपाल विकले शपथ लिनुभयो । श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रिना पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री हुनुभएको हो । 

यसैगरि माओवादी केन्द्रबाट बर्दियाका तिलकराम शर्मा आन्तरिक मामिला तथा सञ्चार, दाङका इन्द्रजित थारु स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्री भएका छन् । माओवादीबाट दाङकी विमलाकुमारी वली खत्री स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री र कपिलवस्तुकी सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री हुनुभएको छ । 

नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुनुभएको छ । 

लुम्बिनीमा गत साउन २८ गते माओवादी केन्द्रका केसीको नेतृत्वमा नयाँ सरकार बनेको थियो । माओवादी केन्द्र, कांग्रेस, जसपा र स्वतन्त्र समूहका समेत सहभागी भएर सात सदस्यीय मन्त्रिमण्डल वृद्धि भई १७ सदस्यीय मन्त्रिमण्डल बनेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button