तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँका शिर उच्चो बनाउँछु : मन्त्री श्रेष्ठ

तनहुँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले रोजगारी गुमाएका जनशक्तिको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

नेकपा (एकिकृत समाजवादी) पार्टीबाट मन्त्रीमा नियुक्त भएपछि गृह जिल्ला आउनु भएका श्रेष्ठले श्रम मन्त्रीको जिम्मेवारी तनहुँ जिल्लाको शिर उच्चो हुने गर बहन गर्ने बताउनुभयो । ‘तनहुँ जिल्लाको छोरोको नाताले, तनहुँको जनप्रतिनिधि भएको नाताले तपाईँहरूको कतै पनि इज्जतमा दाग लाग्ने गरी का गर्ने छैन’, जिल्लावासीलाई बेलचौतारामा भएको कार्यक्रममा सम्बोधन गर्दै श्रेष्ठले भन्नुभयो ‘तपाईँहरूलाई घर कहाँ हो ? भन्दा पनि तनहुँको श्रम मन्त्रीले यस्तो काम गरेको थियो भन्ने हिसाबले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रतिगमनको विरुद्धको उत्रँदा उत्रिँदै पार्टी विभाजनसम्मको अवस्थामा पुगेको बताए । उहाँले संविधानको रक्षा सर्वोच्च अदालत र तनहुँका मतदाताको सम्मानको पक्षमा उभिएको भन्दै विपक्षीले अनावश्यक प्रचार गरेको गुनासो गर्नुभयो । उहाँले पार्टी विभाजनमा भूमिका खेलेर अन्तिम अवस्थामा एमालेको १० भाइले आफूहरूलाई धोका दिएको समेत आरोप लगाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button