तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबलको उपाधि डोटीलाई

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा असोज २० गतेदेखि २३ गतेसम्म धनगढीमा आयोजित प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि डोटीले हात पारेको छ । 

शनिबार भएको अन्तिम खेलमा डडेलधुरालाई ३–० को सोझो सेटले पराजित गर्दै डोटी विजेता बनेको हो । विजेता बनेसँगै डोटीले नगद एक लाख रुपैयाँ सहित ट्रफी पाएको छ । उपविजेता भएको डडेलधुराले भने नगद ५० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरेको छ ।

प्रतियोगिताको सेमिफाइनलसम्म पुगेका कञ्चनपुर र कैलालीका दुवै टिमलाई २५ हजार रुपैयाँका दरले नगद सहित ट्रफी प्रदान गरिएको छ । 

डोटीका प्रशान्त साहुलाई सर्वोकृष्ट खेलाडी, कञ्चनपुरका सन्तोष महतालाई उत्कृष्ट ब्लकर, कैलालीका महेश खत्रीलाई उत्कृष्ट लिफ्टर, डडेलधुराका वीर बहादुर विकलाई उत्कृष्ट स्पाइकर र डोटीका प्रशिक्षक अनिल जोशीलाई उत्कृष्ट प्रशिक्षकका रूपमा पुरस्कृत गरिएको आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button