तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

बारा । बाराको कोल्हबी नगरपालिकाको ब्रहमस्थान नजिकै मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही ठाउँ निवासी कोल्हवी नगरपालिका वडा नं.२ हनुमानगंज बस्ने  बर्ष ६५ का गोमादेबी भुजेल गौतम रहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

गए राती सुनमती चौकबाट पिपरियातर्फ जाँदै गरेको ना ४१ प ७०३७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी गौतमको वीरगन्ज स्थित बयोधा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

ठक्कर पश्चात् फरार मोटरसाइकल चालक रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं.११ बस्ने १४ वर्षीय नाबालकलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता मिश्रले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button