तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषध सहित दुई जना पक्राउ

बारा । इलाका प्रहरी कार्यालय जीतपुर, बाराले जीतपुरबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । 

प्रहरीले वीरगन्ज पथलैया सडक खण्डमा यात्रुवाहक बसको चेकजाँचको क्रममा जीतपुरबाट १८ सय थान अवैध लागू औषध इन्जेक्सनसहित २ जना पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारत विहार पूर्वी चम्पारण मोतिहारी सिसुवा बस्ने बर्ष २९ को  मुन्ना कुमार र वर्ष ३५ को मुनिलाल कुमार रहेका छन् । 

वीरगन्जबाट काठमाडौँ जानको लागि आएको ना. ६ ख ६३७७ न.को यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा डस्नाभित्र लुकाई छिपाई राखिएको अवस्थामा लागु औषध बरामद भएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

प्रहरीले लागू औषध डाईजेपाम ६ सय पिस, फेनारगन ६ सय पिस र नुफिम ६ सय पिस बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button