तपाईँ सुन्दै हुनुहुन्छः

हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

बर्दिया । गएराती हात्तीको आक्रमणबाट बर्दिया जिल्लामा एक जनाको मृत्यु भएको छ ।  हात्तीको आक्रमण परेर राजापुर नगरपालिका–१० दक्षिण खैरीका बेचन दहितको मृत्यु भएको  हो । 

इलाका प्रहरी कार्यालय, राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार क्रसर उद्योगबाट काम गरेर घर फर्कने क्रममा शनिबार राति दहितलाई हात्तीले आक्रमण गरेको थियो ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान कार्य अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button