मन्त्री हमालको राजीनामा

काठमाडौँ । तीन दिनअघि मात्र उद्योग मन्त्रीमा नियुक्त हुनुभएका गजेन्द्र हमालले आज पदबाट राजीनामा दिनुभएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनाइएको भन्दै व्यापक आलोचना भएपछि हमालले विवादमा नफस्ने भन्दै पदबाट राजीनामा दिनुभएको हो ।
हमालले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउनुभएको छ । प्रधानमन्त्री देउवाले उहाँको राजीनामा स्वीकृत गरिसक्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्