तपाईँ सुन्दै हुनुहुन्छः

‘सबै नागरिकले मेरो सरकार भन्ने प्रत्याभूत गराउँछौँ’

तनहुँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले वर्तमान सरकारलाई सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

नेकपा (एकीकृत समाजवादी) तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यक्रममा मन्त्री झाँक्रीले समय धेरै नभएकाले जनअपेक्षा अनुसार न्यायोचित विकासको पक्षमा काम गर्ने बताउनुभयो । 

मन्त्री झाँक्रीले स्मार्ट सिटी मात्र नभई बस्न योग्य सहर बनाउनेतर्फ मन्त्रालयले ध्यान दिने बताउनुभयो । 

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका सवालमा भइरहेका दलाली र विकृति अन्त्य गर्न आफू लागिपर्ने बताउनुभयो । उहाँले समाजवादोन्मुख राज्य प्रणाली स्थापनाका निम्ति नीति, कानुन र मापदण्ड बनाउँदै श्रमिकले श्रमको मूल्य नपाउने अवस्थाको अन्त्य गरिने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button