तपाईँ सुन्दै हुनुहुन्छः

‘विकास निर्माण र कला संरक्षणमा उपभोक्ता पनि जिम्मेवार हुनुपर्छ’

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकास निर्माण र कला संरक्षणमा नीति निर्माता मात्र नभई उपभोक्ता पनि जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । 

सामुदायिक विकास कोष समितिको सचिवालयले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री भुसालले आफ्ना संस्कृति, पर्व एवं विकास निर्माण कार्यलाई उपभोक्ता स्तरबाट पनि निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले जनताका आवश्यकता पूरा गर्न आफू निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button