तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली अस्पतालमा सुत्केरी महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ की एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । 

शिशु जन्माए पनि सालनाल अड्किएपछि शनिबार २४ वर्षीया भागरथी साउद धामीको मृत्यु भएको हो । बच्चा जन्माइसकेपछि सालनाल नझरेको र धेरै रगत बगेपछि उहाँको मृत्यु भएको महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

भागरथीले छोरी जन्माउनु भएको थियो । शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालका मेसु श्रेष्ठले बताउनुभयो । 

महाकाली अस्पतालको लापरबाहीले श्रीमतीको मृत्यु भएको आरोप लगाउँदै मृतक महिलाका श्रीमान् जितेन्द्र धामीले घटनाको छानबिन गर्न माग गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button