तपाईँ सुन्दै हुनुहुन्छः

देशभर ३२ प्रतिशतले लगाए कोरोना विरुद्धको खोप

काठमाडौँ । नेपालमा कोरोना विरुद्ध ३२ प्रतिशत लक्षित जनसङ्ख्याले पूर्ण मात्रा खोप लगाएका छन् । 

सरकारले ३ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई १८ वर्षभन्दा माथिका लक्षित वर्ग अन्तर्गत राखेको छ । 

कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६९ लाख ६२ हजार १ सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । 

पहिलो मात्रा खोप ८७ लाख ३ हजार ७ सय ५ जनाले लगाएको मन्त्रालयले जनाएको छ ।

This image has an empty alt attribute; its file name is 244876831_172725881702042_8794240556374665701_n-1-791x1024.jpg

यसैगरी काठमाडौँ उपत्यकामा १८ वर्षमाथिका ३१ लाख ३९ हजार ७ सय ७३ जनालाई कोरोना विरुद्ध खोप लगाउने लक्षित वर्गमा राखेको मन्त्रालयले जनाएको छ । 

काठमाडाँै उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौँका ७४ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रा खोप लगाइसकेका छन् । 

कोरोना विरुद्धको पहिलो मात्रा खोप ८१ प्रतिशतले लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button