तपाईँ सुन्दै हुनुहुन्छः

सत्यतथ्य समाचार सम्प्रेषण गरी प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चार सचिवको जोड

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले रेडियो नेपालले निष्पक्ष र सत्यतथ्य समाचार सम्प्रेषण गरी प्रतिस्पर्धामा खरो उत्रिनु पर्नेमा जोड दिनुभएको छ ।

रेडियो नेपालद्वारा आज आयोजित रेडियो नेपालबाट सेवा निवृत्त कर्मचारीको बिदाइ तथा कदर पत्र वितरण समारोहमा रेडियो प्रसार सेवा विकास समिति सञ्चालक समितिका अध्यक्ष समेत रहनु भएका डा. अर्यालले सतही रुपमा आउने भ्रामक समाचारहरूलाई चिर्न रेडियो नेपाल थप सशक्त र प्रतिस्पर्धी बन्नुपर्ने बताउनुभयो ।

समारोहमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले रेडियो नेपालको प्रसारण पहुँचलाई विस्तार गर्न एफएम स्टेसनको सङ्ख्या थप्ने काम जारी रहेको र छ महिना भित्र रेडियो नेपाललाई पनि OTT  Platform मा लैजाने बताउनुभयो ।

समारोहमा रेडियो नेपालका निर्देशक खगेन्द्र खत्रीले सेवा निवृत्त कर्मचारीको ज्ञान,सीप र अनुभव कार्यरत कर्मचारीको मार्गदर्शन बन्ने बताउनुभयो  । 

समारोहमा रेडियो नेपालबाट अवकाश हुनुभएका १३ जना कर्मचारीलाई कदरपत्रले सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button