तपाईँ सुन्दै हुनुहुन्छः

बेलायतमा एकै दिन करिब ४० हजार कोरोना सङ्क्रमित फेला

file photo

बेलायतमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको छ ।  बेलायतका स्वास्थ्य अधिकारीहरूले सरकारी प्रयासका बाबजुद पनि यहाँ कोरोनाबाट हुने सङ्क्रमणमा दैनिक कमी नआएको बताएका छन् । 

सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३९ हजार ८५१ जनामा एकै दिनमा सङ्क्रमण भएको छ । अधिकारीहरूले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या ८० लाख नाघेको पनि जनाएका छन् । 

यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १४३ जनाको मृत्यु भएको छ । 

बेलायतका स्वास्थ्य अधिकारीले निकै लामो समयपछि यहाँ धेरै समयपछि यति धेरै व्यक्ति एकै दिन मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३७ हजार भन्दा बढीको मृत्यु भएको छ । 

बेलायतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् । 

यहाँका १६ वर्ष माथिका झण्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसै गरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।  

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पछिल्ला दिनहरूमा बेलायतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको बताउनुभएको छ । उहाँले हरेक दिन कम्तीमा पनि ३५ हजार जनामा यो महामारीको प्रकोप फैलिइरहेको देखिएकोले सबैलाई सतर्क रहन आग्रह पनि गर्नुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button