इथियोपियालाई संयुक्त राष्ट्रसंघका कर्मचारी निकाल्ने अधिकार छैन : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इथियोपियाले संयुक्त राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गर्न पाउने अधिकार नरहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकमा बुधवार उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभएको थियो– इथियोपियालाई त्यस्तो अधिकार छैन, उसले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेर संयुक्त राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गरेको छ । इथियोपियाले हालै मात्र एक सूचना जारी गरेर आफ्नो देशबाट संयुक्त राष्ट्रसंघका कर्मचारीले देश छोड्नुपर्ने बताएको थियो ।
इथियोपियाले ७२ घण्टाको समय दिएर देश छोड्न जारी गरेको सूचना कानून विपरीत रहेको भनी संयुक्त राष्ट्रसङ्घ र अन्य देशले त्यसको विरोध गरेका थिए । रासस








प्रतिक्रिया राख्नुहोस्