तपाईँ सुन्दै हुनुहुन्छः

कास्की दरबारको गुप्तकालीका मन्दिरमा प्रवेश खुला

कास्की । कास्की दरबारको गुप्तकालीका मन्दिरमा विधीवत रुपमा प्रवेश खुला गरिएको छ । गुप्तकालीकाको मन्दिर रहेको यो दरबारमा दशैमा तान्त्रिक तथा वैदिक पूजा हुने गर्दछ । 

शाह वंशको उद्गम स्थल रहेको यो दरबार केही वर्ष अघि मात्र पुरातत्त्व विभागले पुनःनिमार्ण गरेको थियो । गुप्तकालीका मन्दिरमा यस वर्ष दशै पूजा भक्तजनहरूका लागि खुल्ला गरिएको  गुप्तकालीका काश्यप धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष दिलीप विक्रम शाहीले जानकारी दिनु भयो । 

दशैँ घरमा आजैदेखि धोप नगरा सहित  वैदिक तथा तान्त्रिक  विधिअनुसार पूजा गरी दश दिन सम्म  विश्व शान्तिको कामना गर्दै पूजा गर्ने प्रचलन रहेको समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताउनु भयो । सचिव त्रिपाठीका अनुसार “विगत दुई वर्ष देखि पुरातत्त्व विभागले यो दरबार तथा मन्दिरको पुनःनिमार्ण गर्दै थियो दर्शनार्थीहरुको लागी प्रवेशमा रोक लगाएको थियो तर अहिले स्वास्थ्य मापदण्ड पुरा गरेर पूजा सुरु गरेका छौ । ”

कास्की दरबारमा फूलपातीको दिन कुलमण्डल पार्कमा कुँवर जातीको (सरुङ  खेल) १७ औ शताब्धीका हात हतियार प्रदर्शन गर्दै  पोखराको रामघाटबाट लगिएको फूलपाती सहितको डोली प्रवेश गराइन्छ । अष्टमीको राती कालरात्रि तथा नवमीमा देशका विभिन्न स्थानबाट आएका पञ्चवली तथा भाकलहरूको पूजा हुने गर्दछ । दशमीमा दरबारमा  टिका लगाए पछि वास्पानीमा विधीवत डोली सेलाए पछि दरबारको दशै पूजा सकिने मन्दिरका पुजारी चन्द्रमोहोन त्रिपाठी बताउनु भयो । 

आज गुप्तकालीका मन्दिरमा  जौको जमरा राखिएको हो । दशैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजा आराधना सुरु भएको हो । 

गुप्तकालीका मन्दिरमा यस वर्ष दशै पूजा भक्तजनहरूका लागि खुल्ला गरिएको छ ।  मन्दिरमा २ वर्ष देखि भाकल तथा पञ्चवलीका पूजाहरू रोकिएका थिए ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button