चैत भित्रमा सबै नागरिकले खोप पाउने : राज्यमन्त्री श्रेष्ठ

सुनसरी । कोशी अस्पतालको नयाँ भवनको शिलान्यास गर्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चैत भित्रमा सबै नागरिकलाई सरकारले खोप दिइसक्ने दाबी गरेका छ ।
दशैं तिहार पछि खोपको अभियानलाई तीव्रता दिएर अगाडि बढाउने राज्यमन्त्री श्रेष्ठले बताउनुभयो ।
राज्यमन्त्री श्रेष्ठले कोशी अस्पतालको नयाँ बन्ने भवनको बिहीबार शिलान्यास गर्नु भएको छ ।
४ कट्ठा २ धुर जमिनमा बन्न लागेको भवन कुल ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसामा अन्डरग्राउन्ड सहितको ५ तलाको सुविधा सम्पन्न बन्न लागेको हो ।
पहिलो चरणमा सङ्घीय सरकारदेखि ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँ लागत अनुमान गरिएकोमा ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसा रमन भूमिले ठेक्का पाएको हो ।
हाल ३ सय ५० शय्याको अस्पताल रहेको कोशीको सुविधा सम्पन्न भवन बनेपछि ५ सय शय्या पुर्याउने कोशी अस्पतालका मेसु चुमनलाल दासले जानकारी दिनुभयो ।
रमन भूमि बिआइपिएल निर्माण कम्पनी जेबी र सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई विराटनगर बीच गत असारमा सम्झौता भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्